मूल्यवृद्धि ७ प्रतिशतभन्दा धेरै, निर्माण सामग्रीको मूल्य २५ प्रतिशतभन्दा धेरैले बढ्यो

काठमाण्डाै – चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा महँगी सात दशमलव २८ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउनदेखि चैतसम्मको अवधिमा मूल्यवृद्धि सात दशमलव २८ प्रतिशत पुगेको हो । यसमध्ये खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि सात दशमलव ४० प्रतिशत र गैरखाद्य तथा सेवातर्फको मूल्यवृद्धि सात दशमलव १८ प्रतिशत रहेको छ ।

नौ महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५ प्रतिशतभन्दा धेरै रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्