हेलम्बुमा कांग्रेसले जितेपछि पर्यटनको क्षेत्रमा के-के भयो ? हेर्नुहोस् १० बुँदामा !

१. देशकै गौरवको आयोजनाको रुपमा – हिमालयन ग्रेट ट्रेल ( Himalayan Great Trail) । जसको लम्वाइ ६० किलोमिटर हुनेछ । हालसम्म ३ ठाउँबाट धमाधम निर्माण ( पाल्चोक बुद्दपार्क, शेर्माथाङ र घोप्टेघ्याङ) गरि १५ सय भन्दा बढी निर्माण भएको छ । DPR अनुसार लागत ४ सय करोड लाग्ने छ । यो एकैबर्षमा निर्माण सकिने नभइ सुरुवात भएसँगै बहुबर्षे कार्यक्रममा केन्द्र सरकारले गौरबको आयोजनाको रुपमा राख्न इच्छुक देखिएको छ ।
२. यही ट्रेल निर्माण सुरु गरिएकै कारण सन् २०१९ कि विश्वसुन्दरी जमैकाकी टोनी एन सिंह ( Jamaica’s Toni-Ann Singh) हेलम्बुमा आएकी थिइन । जसले हेलम्बुको गरिमा र चर्चा विश्वभर फैलियो । त्यस्तै २०१८ कि मिस नेपाल श्रृखला खतिवडा लगायतले हेलम्बुमा आएर देशैभर ग्रेट ट्रेलको बारेमा गरेको प्रचारले पनि यो कति धेरै महत्व र पर्यटकीय दृष्ट्रीले कति चर्चामा रहेको छ भन्ने यसैले पुष्टी गर्छ ।
३. हेलम्बुलाइ थप पर्यटक आकर्षिक गर्न बन्जी जम्प निर्माण भैइरहेको छ । सम्भवत नेपालकै उचाइको- ३ सय ७० मिटर उचाइको बन्जी जम्प ‘ निमा दावा’ मा अन्तिम चरणमा पुगेको छ ।
४. हेलम्बु राजधानीसँग नजिक रहेको जिल्ला भएकोले प्याराग्याइडिङको उच्च सम्भावना रहेकोले घोप्टेघ्याङमा सफल परिक्षणपछि निर्माणाधिन रहेको छ । पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनेसँगै त्यहाँ पाराग्याइडिङ विस्थापित हुने सम्भावना उच्च रहेकोले हेलम्बुको सम्भावना थप उच्च देखिएको विभिन्न अध्ययनले समेत देखाएको छ ।
५. जिल्लाकै नामाकरण गरिएको जयबागेश्वरी पाल्चोकी माइको संरक्षण र सम्वद्धनका लागि DPR गरि केन्द्र सरकारसँग रकम माग गरिएको । जहाँ देशकै ठुलो घण्टा राख्ने देखि सांस्कृतिक हब बनाउने योजना छ ।
६. त्यस्तै ऐतिहासिक महत्वको विन्देश्वरी मन्दिर इचोकको पनि DPR गरि मन्दिरको पूर्ननिर्माणको लागि स्रोत सुनिश्चित गर्ने काम अन्तिम चरणमा पुगेको ।
७. इच्छेश्वर मन्दिरको निर्माणसँगै थप प्रचारप्रसार गरि यसको महत्व बढाउने काम गरिरहेको,
८. नेपालमा कुनैबेला “घर भन्दा मन्दिर धेरै, मान्छे भन्दा मूर्ति धेर” भन्ने भनाइ झैं हेलम्बुमा गुम्वाहरुको गाउँ भन्ने भनाइलाइ सार्थक बनाउन गुम्वा, माने, छ्योर्तेन लगायतको मर्मतसम्भार र पूर्ननिर्माणमा उच्च जोड दिएको । आमा याङग्री, चिरि गुम्वा सहित सयौं गुम्वा तथा मानेहरुको संरक्षण गर्ने र विभिन्न ठाउँमा नयाँ निर्माणमा काम सुरु गरिएको,
९. संस्कृति संरक्षण अभियन्ताको रुपमा धार्मिक काम गर्ने गुरुहरु ( बाजे) हरुको बर्गिकरण गरि काममा थप प्रोत्साहन गर्न तथा बुद्ध धर्मका गुरुहरु ( लामा) हरुलाइ पनि संस्कृति संरक्षण अभियन्ताको रुपमा मासिक भत्ताको ब्यवस्था गरेको,
१०. धार्मिक स्थल, सांस्कृतिक सम्पदा, तथा आफ्नो रितिरिवाज र परम्परा जोगाउन पाहुना घर निर्माणमा जोड दिएको । गाउँपालिकामा दर्जनौं “पाहुना घर” निर्माण गरिएको । टोल टोलमै पाहुना घर बनाउने तयारी रहेको लगायत होम स्टेको अवधारणलाइ कार्यान्वयन गरिएको । माथिल्लो भेगमा रहेका बस्तीहरु मेलम्चीध्याङ, तार्केघ्याङ, छिमघ्याङ, घ्यागुल, शेर्माथाङ, निगाले, पाल्चोक कज्ये, पाल्चोक ककनी सहित गोल्फुभञ्याङ, कुटुम्वसाउँ भूकम्पले केही थला परेकोले फेरि यसको संरक्षण अभियान सुरु गरेको । जहाँ लमजुङको घले गाउँ जस्तै संस्कृति र विविधतालाइ संरक्षण गरि पर्यटकलाइ थप आकर्षिक गर्ने योजना अनुसार धेरै काम भैइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्