नेपाली काँग्रेस कागेश्वरी मनोहरा नगर समितिले चुनावी प्रचार प्रसारमा दियो तिव्रता, नगरको विकासको लागि आफुले जित्नुपर्ने कार्कीको दाबी

काठमाडौँ – नेपाली काँग्रेस कागेश्वरी मनोहरा नगर समितिले निर्वाचन विशेष सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार काँडाघारीमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा गठबन्धनका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका प्रवक्ता प्रकाशसरण महतले नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचना गठबन्धनका उम्मेदवारहरुले जित्ने दाबी गरे । कार्यक्रममा बोल्दै कागेश्वरी मनोहरा नगरपालिकाका मेयरका प्रत्यासी उपेन्द्र कार्कीले ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनको प्यानल नै विजयी हुने बताए । नगरको विकासको लागि गठबन्धका उम्मेदवारलाई विजयी गरउनुपर्नेमा उनको जोड थियो । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा निर्वाचित भएका पदाधिकारीहरुले पुजी गत खर्च समेत गर्न नसकेको कार्कीको आरोप थियो ।

नेपाली काँग्रेस कागेश्वरी मनोहरा नगर समितिले चुनावी चहल पहल बढाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्