बैतडीको डिलाशैनी गाउँपालिका अध्यक्षमा जोशीले आज उम्मेदवारी घोषणा गर्दै, यस्तो छ कार्यक्रमको कार्यतालिका

काठमाडौँ – बैतडीको डिलाशैनी गाउँपालिका अध्यक्षमा सन्तोषप्रकाश जोशीले आज उम्मेदवारी घोषणा गर्दैछन् । एमालेबाट बिद्रोह गरी उनले डिलाशैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका हुन् । आज दिउँसो विशाल जनसभाको बीचमा जोशीले धामीगाउँमा उम्मेदवारी घोषणा गर्ने जोशीले बताए ।

आज विहान ११ बजे वडा नम्बर ५ र ६ का स्थानीयहरुसहित डिलासैनी–५ बिनाबस्तीबाट बाजागाजाको साथमा प्रत्येक टोलको जनमास लाई र्याली मा थप्दै २ बजे भित्र धामिगाउ प्रबेश गरिसक्ने कार्यक्रम तय गरिएको छ । आजै दिउँसो उम्मेदवारी घोषणा गरेर स्थानीय चुनावमा होमिने जोशीले बताए ।

जोशी राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव तथा सुदूरपश्चिम अध्यक्ष हुन् । जनभावना विपरीत एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालले आफू निकटका व्यक्तिलाई उम्मेदवार बनाएपछि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको जोशीले बताए । ‘

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्