आईपीएल क्रिकेटमा बेङ्ग्लोरको तेस्रो जित, मुम्बई ७ विकेटले पराजित

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले तेस्रो जित निकालेको छ।

पुणेमा गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै बेङ्ग्लोरले तेस्रो जित निकालेको हो । मुम्बईले दिएको १ सय ५२ रनको लक्ष्य बेङ्ग्लोरले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो । बेङ्ग्लोरका अनुज रावतले ६६ रनको अर्धशतकीय पारी खेले । यस्तै विराट कोहलीले ४८ रन बनाए।

मुम्बईका जयदेव उनाकड र डेवाल्ड ब्रेभिसले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । मुम्बईका सूर्यकुमार यादवले ६८ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।

बेङ्ग्लोरका हर्सल पटेल र वानिन्दु हसरङ्गा डी सिल्भाले दुई/दुई विकेट लिए । जितसँगै बेङ्ग्लोरले ४ खेलमा ६ अङ्क जोडेको छ । बेङ्ग्लोर तेस्रो स्थानमा छ । मुम्बईको यो लगातार चौथो हार हो । मुम्बईले ४ खेलमा अङ्क जोड्न सकेको छैन।

हिजो भएको पहिलो खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई हराएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्