प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रिय सभा सदस्य मनोनित

काठमाडौँ – सरकारको सिफारिसमा नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार चितवनका दाहाललाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी हुन्। संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम उनलाई राष्ट्रपतिले मनोनित गरेको सितल निवास स्रोतले जनायो।

उनी नेकपा माओवादी केन्द्रको तर्फबाट राष्ट्रिय सभा सदस्य भएका हुन्। उनी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका भाइ नाता पर्ने व्यक्ति हुन्। २०६४ मा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित दाहाल २०७० मा सोही क्षेत्रबाट पराजित भएका थिए।

दाहालका छोरा समिर दाहाल २०६६ देखि २०६९ सम्म प्रचण्डको स्वकीय सचिव बनेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्