आईपीएल : रोयल्स च्यालेन्जर्स बैंगलोरको दोस्रो जित दर्ता

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल्स च्यालेन्जर्स बैंगलोरले दोस्रो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गर्दै जित निकालेको हो । मुम्बईमा राजस्थानले जितका लागि दिएको १७० रनको लक्ष्य पछ्याएको बैंगलोरले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
बैंगलोरका लागि साहबाज अहमेदले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै दिनेश कार्तीकले ४४ रन जोड्दा कप्तान फाफ डू प्लेसिले २९ रन जोडे ।

बलिङतर्फ राजस्थानका लागि ट्रेन्ट बोल्ट र युजभेन्द्र चहालले दुई–दुई विकेट लिए । त्यस्तै नवदीप सैनीले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले जोस बट्रको अर्धशतको सहयोगमा निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६९ रन बनाएको थियो ।
राजस्थानका लागि बट्लरले ७० रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ६ छक्का प्रहार गरे । त्यस्तै सिमरोन हेटमायरले ४२ रन जोड्दा देभदत्त पाडिकलको नाममा ३७ रन रह्यो । बलिङतर्फ बैंगलोरका लागि डेभिड विले, वानिन्दु हर्शरंगा र हर्शल पटेलले एक–एक विकेट लिए ।
जितसँगै बैंगलोरले ३ खेलबाट ४ अंक जोडेको छ । बैंगलोर तालिकाको छैटौं स्थानमा छ । पराजित राजस्थान ३ खेलबाट ४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्