ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोलको मूल्य १८२ पुग्ने सम्भावना

काठमाडौँ – नेपाल आयल निगमले खाना पकाउने ग्यास सहित इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले बढाएको छ ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।
यस्तै निगमले स्वचालित मूल्य लागु गर्ने तयारी गरेको छ । जसअनुरुप डिजेटलको मूल्य १७१, पेट्रोलको मूल्य १८२ र खाना पकाउने ग्यासको मूल्य २ हजार ५ बढी हुने सम्भावना रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्