एमसीसी पारित गर्न माओवादीले मुख्य भूमिका खेलेको भन्दै वडा अध्यक्ष महराले गरे पार्टी परित्याग

काठमाडौ – एमसीसी पारित गर्न नेकपा माओवादी केन्द्रले मुख्य भूमिका खेलेको भन्दै शुक्लाफाँटा नगरपालिकाका वडा अध्यक्ष बहादुर सिँह महराले पार्टी परित्याग गरेको छ । अमेरिकी सहयोग परियोजना राष्ट्रघाती भएकोले नेपाललाई अमेरिकी साम्राज्यवादको उपनिवेशमा घोषित रूपले समाहित गर्न खोजेको आरोप समेत लगाएका छन् । वडाध्यक्ष महराको नेतृत्वमा विगतमा एमसीसी विरूद्ध प्रदर्शन, जुलुस तथा बिरोध कार्यक्रम समेत हुँदै आएका थिए ।
जघन्य खालको राष्ट्रघाती कदम पार्टीले चालेको भन्दै पार्टीबाट राजिनामा दिएका हुन । अब उपरान्त राष्ट्रिय स्वाधीनताको पक्षमा निरन्तर अघि बढ्ने र त्यसको नेतृत्व गर्ने शक्तिसँग एकता, सहकार्य र ध्रुवीकरणको बाटोमा सरिक हुने प्रतिवद्धता सहितको विज्ञप्ति सार्वजनिक गर्नुभएको छ ।
वडा अध्यक्ष महरा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्