अर्किड कप : सेमिफाइनलमा अक्षरीका र केभिएस पराजित, फाइनलका लागि भोली मनकामना र नेक्सस भिड्ने

रामदत्त मिश्र, काठमाडौँ 

काठमाडौँमा जारी छैटौँ अर्किड कप अन्तर विद्यालय फुटवल प्रतियोगिता अन्र्तगत आज सेमिफाइनलका खेल भएका छन् । १४ गतेदेखि जारी खेलमा आज सेमिफाइनलका खेल भएको विद्यालयका संस्थापक प्रेमकुमार भुजेलले जानकारी दिनुभयो ।
सेमिफाइनलको पहिलो खेल नेक्सस एकेडेमी र केभिएस स्कुलबीच भएको हो । जसमा नेक्ससले केभीएसलाई २–१ ले पराजित गरेको छ । जसमा नेक्ससका अनिस थापा मगरले २ गोल र केभियसका रोजल कार्कीले १ गोल गरेका हुुन् । उक्त खेलमा केभिएस स्कुलका विशाल दर्नाल म्यान अफ द म्याच घोषित भए ।
यसैगरी आजै भएको सेमिफाइनको दोस्रो खेलमा मनकामना र अक्षरीका स्कुल बीच भएको हो । जसमा खेल एक एक गोलको बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटबाट मनकामनाले अक्षरीकाले पराजित गरेको हो । मनकामनाका मानव बोमजनले एक गोल र अक्षरीकाको रविन मगरले एक गोल गरेका थिए । पेनाल्टी सुटआउटमा मनकामना ११–१० ले विजयी भएको हो । खेलमा अक्षरिकाका राज श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।
भोली फाइनल खेल हुनेछ । जसमा मनकामना स्कुल र नेक्सस एकेडेमी उपाधिका लागि भिड्ने छन् । प्रतियोगिताको शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्