वेदकाेटमा सेना दिवसकाे अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर

महेन्द्रनगर- महाशिवरात्री तथा सेना दिवसको पुर्वसन्ध्यामा नेपाली सेनाले कञ्चनपुरको बेदकोट नगरपालिका–२ जडेपानीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कञ्चनपुर स्थित सेनाकाे श्रीदल गुल्म भगतपुर ब्यारेकको आयोजना एवं बेदकोट नगरपालिकाको सहयोगमा सञ्चालित स्वास्थ्य शिविरबाट स्थानीय ५५५ जना महिला तथा पुरुषले स्वास्थ्य सेवा लिएका छन् ।
अस्पतालमा महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ड डा अर्जुन भट्ट, सेनाको श्री नंं ५ बाहिनी अन्र्तगत श्री नंं ५ फिएका डा. रक्षा गुरागाँई लगायत दश जना चिकित्सक र स्वास्थयकर्मीको टोलीले सेवा दिएको श्रीदल गुल्मका गुल्मपति सेनानी भिष्म केसीले जानकारी दिए ।
“ सेना दिवसको अवसरमा नगरपालिका, स्वास्थ्य कार्यालय र महाकाली अस्पताल लगायतका निकायको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।” सेनानी केसीले भने, “ नागरिक–सैनिक सम्वन्ध सुदृढिकरण गर्न र सामाजिक उत्तरदायित्वको भावनाबोध गर्दै सेना विभिन्न सामाजिक काम गर्दै आएको छ । उहाँले अनुसार स्वास्थ्य शिविरमा ३६४ जना महिला र १९१ जना पुरुषले स्वास्थ्य सेवा लिएका छन् । घरआगँनमै स्वास्थ्य सेवा पाएपछि स्थानीयले सेनाप्रति आभार प्रकट समेत गरेका छन् । यसैगरी यता वेदकाेट नगरपालिकाले सेनासँगकाे सहकार्यमा सञ्चालन गरिएकाे निशुल्क स्वास्थ्य शिविरले न्यून आयस्थर भएका नगरबासीलाई राहात पुगेकाे जनाएकाे छ ।
“सदरमुकाम क्षेत्रबाट टाढा रहेका नगरबासीलाई निशुल्क स्वास्थ्य शिविरले ठूलाे राहत दिएकाे छ, जसका कारण वेदकाेट नगरपालिकाका विभिन्न नगरबासी लाभान्वित भएकाे अवस्था छ ।” नगर प्रमुख अशाेक कुमार चन्दले भने, ” नगरपालिकाले आउँदाे दिनमा समेत यस्ताे खाले शिविर गर्ने याेजना राखेकाे छ ।” शिविरमा नगरका दुर्गम भेगमा नगरबासीकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्