अवैध लागूऔषध गाँजा सहित पक्राउ

कास्की – पोखरा महानगरपालिका-३० पावर हाउस चोकबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-९ शान्ति टोल बस्ने २८ वर्षीय बुद्धिमान नेपालीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख ९२७ नम्बरको हाईस गाडीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्दा गाडीमा सवार नेपालीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्