आज सोनाम ल्होसार, देशभर सार्वजनिक बिदा

FILE PHOTO

काठमाडाैँ- तामाङ समुदायमा नयाँ वर्षका रुपमा मनाउने सोनाम ल्होसार,  आज विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने गरेकोमा कोरोना महामारीका कारण यसपाली औपचारिक कार्यक्रम राखिएको छैन । सोनाम ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्