अस्पताल भर्ना हुनेको सङ्ख्या न्यून

काठमाडौँ – चिकित्सकहरूले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमै फैलिएको जनाएका छन् । कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन वृद्धि भए पनि अस्पताल भर्ना हुनेको सङ्ख्या गत वर्षको भन्दा कम छ ।

राजधानीका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पतालसहित अधिकांश कोभिड अस्पतालमा बिरामीको चाप सामान्य छ । वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी भूपेन्द्रकुमार बस्नेतका अनुसार अघिल्लो लहरभन्दा यस पटक सङ्क्रमितको सङ्ख्या बढी भए पनि अस्पतालमा भर्ना हुनेको सङ्ख्या न्यून छ । उहाँले भन्नुभयो, “अघिल्लो पटक देशभरि दैनिक आठ हजारका दरले सङ्क्रमित थपिँदा अस्पताल भरिभराउ थिए । बिरामीको उपचार गर्न निकै ठूलो चुनौती झेल्नुपरेको थियो तर यस पटक स्वास्थ्य सल्लाह लिने र फर्किने बढी छन् ।” वीर अस्पतालमा गत मङ्गलबारसम्ममा १६७ जना सङ्क्रमित भर्ना भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्