दार्चुलामा आमा र बच्चा झुण्डिएको अवस्थामा मृत फेला

सांकेतिक तस्विर

दार्चुला – शैल्यशिखर नगरपालिका वडा नम्बर ८ को तल्चौरामा आमा र बच्चा झुन्डिएको अबस्थामा मृत फेला परेका छन् ।
शैल्यशिखर नगरपालीका वडा नम्बर ७ बस्ने शिब बिष्टकी पत्नी सरस्वती बिष्ट र उनकी १ बर्षीया छोरी जेनिसा बिष्ट रुखमा झुन्डिएको अबस्थामा मृत फेला परेका हुन । घरबाट माईत जान्छु भन्दै बच्चा पनि साथमा लिएर हिडेकी आमा आफ्नै दोपट्टा च्यातेर बच्चालाई र आमा स्वयं रुखमा झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

मृतक महिलाको माईती घर बैतडीको दोगडाकेदार गाउँपालीका हो । ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले घटना स्थलको मुजुल्का उठाएर शव पोष्टमाटमको लागि गोकुलेश्वर अस्पताल लगेको छ । उक्त घटनाबारे प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्