उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा दुई जनाको शव फेला

FILE PHOTO

मोरङ – मोरङको धनपालथान गाउँपालिका ७ स्थित उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । स्थानीय बजरंगी सिंह र गंगाप्रसाद सिंहको छुट्टाछुट्टै उखुबारीमा पुरिएको अवस्थामा फेला परेका दुई शवमध्ये एक जनाको भने पहिचान खुलेको छ ।

बजरंगीको उखुबारीमा ७ फिट गहिरो खाल्डो उत्खनन गरेपछि बिहीबार फेला परेको शव सुनसरीको धरान उपमहानगर ३ घर भई भक्तपुर बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको प्रहरीको अनुमान छ । श्रेष्ठको साथमा भेटिएको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्रको माध्यमबाट पहिचान खुलेको जीसीले बताए ।
श्रेष्ठको शव फेला परेको ठाउँभन्दा ३० मिटरपूर्वमा रहेको गंगाप्रसादको उखुबारीमा अर्का पहाडी मूलका ३५ वर्षीय पुरुषको शव बुधबार फेला परेको थियो । उनको पहिचान खुल्न सकेको छैन ।

उखु काट्न गएका मजदुरले उखुबारीको बीचमा खाल्डो खनेर केहि पुरिएको देखेपछि शंका लागेर प्रहरीलाई खबर गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्