नगरपालिकाको भवन भित्रै एक पुरुष मृत भेटिएपछि . . .

काठमाडौँ – काठमाडौंको कीर्तिपुर नगरपालिकाको भवनमा एक पुरूष मृत फेला परेका छन् ।

बिहीबार बिहान एक पुरूष नगरपालिकाको भवनमा मृत फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका–१२ घर भई काठमाडौं बस्दै आएका अन्दाजी ३६ वर्षीय शंकर खत्री छन् ।

उनी कीर्तिपुर नगरपालिका–१० स्थित नगरपालिकाको नयाँ भवनमा रंगरोगनको काम गर्दै आएका थिए । एक महिनादेखि उनी त्यहीँ भवनको पाँचौ तलामा बस्दै आएको प्रहरीले बताएको छ । उनी कोठामा सुतिरहेकै अवस्थामा मृत फेला परेका हुन् गएराति खाना खाएर चुकुल लगाएर सुत्नुभएको सुतेका उनी बिहिबार मृत फेला परेका हुन् ।

उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्