विधानअनुसार नै विभाग गठन : प्रवक्ता शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सभापतिले विधानअनुसार नै विभागहरू गठन गरेको बताएका छन् ।

शनिबार र सोमबार गरी सभापति शेरबहादुर देउवाले २० विभाग प्रमुख तोकेका थिए ।

बरिष्ठ नेता रामचन्द्र पौडेल समुहले विभाग गठनमा नाम दिएको थिएन । पौडेलले १४ औं महाधिवेशन व्यवस्थित ढंगले गर्ने तयारीमा जुट्नुपर्ने बेला विभाग गठन गरिएकोमा असंतुष्टि जनाउँदै आएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता शर्माले भने, ‘विभाग गठनमा महाधिवेशनको आचारसंहिता उलंघन भएको छैन । यो विधानअनुसार नै गठन गरिएको हो । संगठनात्मक कुरा हो ।’

कांग्रेसले १४ औं महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म गर्ने घोषणा गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्