पछिल्लो २४ घण्टामा १० हजार ७ सय ३ जनामा कोरोना पुष्टि

काठमाण्डौ – पछिल्लो २४ घण्टामा १० हजार सात सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी २३ हजार ९२ जनाको नमूना परीक्षण गर्दा १० हजार सात सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या १० लाख नाघेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा सात सय ६६ जना निको भएका छन् । थप तीन जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्