अर्किडमा अध्ययनरत विद्यार्थीले लगाए कोभिड भ्याक्सिन, अवस्था हेरेर कक्षा सञ्चालनको तयारी

काठमाडौँ – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलले विद्यार्थीहरूलाई खोप लगाउने कार्यलाई निरन्तरता दिएको छ । कक्षा ५ भन्दा माथिका लगभग सबै विद्यार्थीहरूलाई खोप लगाउने कार्य सकेको छ । केही अनुपस्थित विद्यार्थीहरूलाई खोप लगाउन बाँकी रहेको विद्यालयका प्रिन्सिपल चोलेन्द्र बहादुर कार्कीले बताउनुभयो । उहाँ भन्नुहुन्छ ”खोप लगाउने कार्यलाई निरन्तरता दिएका छौँ । खोप लगाउने कार्य सकेपश्चात शैक्षिक कार्यक्रमलाई निरन्तरता दिन्छौं ।” एक कक्षालाई ४५ मिनेटबाट आधा घण्टामा घटाएर प्रत्येक दिन ३/४ घण्टा सिफ्ट सिफ्टमा कक्षा सुरू गर्ने तयारी भईरहेको समेत जानकारी दिनुभयो ।
करिब २५० जना विद्यार्थीलाई खोप लगाईसकेको विद्यालयका फाउण्डर प्रेम कुमार भुजेलले बताउनुभयो । अब बाँकि तलका कक्षाहरूका विद्यार्थीलाई खोप लगाउनु उहाँले बताउनुभयो । १८ बर्ष मुनिका बालबालिकाहरूका लागि सरकारले अनुमति दिएको फाईजर खोपको भ्याक्सिन विद्यार्थीलाई लगाउन थालिएको हो ।
काठमाडौंको गोठाटार हाईटमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलले विगतमा पनि कोभिड मापदण्ड अनुरूप शैक्षिक कार्यक्रम अगाडि बढाउदै आएको थियो । मास्कको अनिवार्य प्रयोग तथा प्रतेक कोठामा स्यानिटाईजरको समेत व्यवस्था गर्दै आएको छ । यसैगरी कक्षाकोठामा समत भौतिक दुरी कायम गर्दै शैक्षिक गतिविधि अगाडि बढाउदै आएको छ ।
शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको अर्किड गुणस्तरीय शिक्षाको धरोहरको रूपमा चिनिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्