चीनका लागि नेपाली राजदुतमा महेन्द्र पाण्डे नियुक्त, लीलामणि पौडेललाई फिर्ता बालायो

काठमाडौं – आइतबार बसेको मन्त्री परिषद् बैठकले चीनका लागि नेपाली राजदुतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाण्डेको नाम सिफारिस गरेका थिए । त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले मौन सहमति जनाएका थिए ।

ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला पाण्डेलाई राजदूत सिफारिस गरेको थियो । तर ओली सरकार ढले लगतै तत्कालीन माओवादी– कांग्रेस गठबन्धनको सरकारले ओली सरकारले सिफारिस गरेका नामहरु फिर्ता लिएको थियो ।

पौडेललाई फिर्ता बोलायो
सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ ।

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको हो । ‘उहाँलाई बेइजिङबाट फिर्ता बोलाउने निर्णय भएको हो’ एक मन्त्रीले भने ।

पूर्व मुख्यसचिव पौडेललाई २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त गरेको थियो । पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा उनी मन्त्रीस्तरको कूटनीतिक दर्जा पाएर राजदुत नियुक्त भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्