दिउँसाे काठमाडौँ उपत्यकामा घाम लाग्छ : मौसमविद्

काठमाण्डौ – बिहानैदेखि लागेको बाक्लो हुस्सु, कुहिरोका कारण काठमाण्डौको भिजिबिलिटी घटेको छ ।

यसले गर्दा आन्तरिक र बाह्य उडान अवतरण नै ठप्प भएको छ । बिहानदेखि नै कुनै पनि उडान अवतरण हुन सकेको छैन । बाक्लो हुस्सुले अवतरण हुन नसकेपछि काठमाण्डौ आएका आठ वटा जहाज आकाशमै घुमिरहेका छन् ।तर, काठमाण्डौ उपत्यकामा लागेको बाक्लो हुस्सु, कुहिरो बिस्तारै हट्न थालेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार बिहान एक सय मिटरमा झरेको भिजिबिलिटी अहिले दुई सय मिटरमा पुगेको छ । अबको एकरढेड घण्टा पछि उडान अवतरण गर्न मिल्ने गरी भिजिबिलिटी बढ्ने सम्भावना रहेको उहाँको भनाइ छ । घाम नलाग्दा कठ्याङ्ग्रिँदो चिसो छ ।

काठमाण्डौको बिहान पौने नौ बजेको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । आज दिउँसो उपत्यकामा घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्