भौगर्भिक अध्ययन गर्न हेलम्बुको भेमाथाङ गएको एडिबी टोलीको हेलिकप्टरबाट उद्धार

FILE PHOTO

काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको भौगर्भिक अध्ययन गर्न जाँदा हिमपातमा फसेको एसियाली विकास बैंक (एडिबी)का भूगर्भविदसहितको टोलीको उद्धार गरिएको छ ।

भौगर्भिक विज्ञसहितको १५ जनाको टोली बुधबार मेलम्ची खानेपानीको माथिल्लो भाग भेमाथाङमा हिमपातमा फसेको थियो ।

श्री एयरको हेलिकप्टरले १५ जनालाई नै उद्धार गरेको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए । १० गते मेलम्चीको भौगर्भिक अध्ययन गर्न खानेपानी मन्त्रालयबाट १० जनाको टोली हेलिकप्टरमा मेलम्ची क्षेत्रमा गएको थियो । हेलिकप्टर एक ठाउँमा ल्याण्ड गराएर अन्य स्थानीय ५ जनालाई समेत लिएर टोली भ्रेमाथाङ गएको अधिकारीले बताए ।

१५ जनालाई सुरूमा उद्धार गरी ल्याङ्ग्री लार्के होटलमा ल्याइएको थियो । उनीहरूमध्ये ५ जना काठमाडौं फर्केको अधिकारीले बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्