आजदेखि मौसममा सुधार आउने, जाडो भने बढ्दै जाने

FILE PHOTO

काठमाण्डौ – झरी तथा हिमपातका कारण देशभर जाडो बढेको छ । अधिकांश ठाउँमा बर्षा समेत भएको छ । साथै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ । आजदेखि भने क्रमिक रुपमा मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज काठमाण्डौसहित देशका केही ठाउँमा घाम लाग्ने छ । तर पहाडी क्षेत्रमा केही ठाउँमा भने सामान्य बद्ली भइ हल्का पानी पर्ने सम्भावना रहेको छ । यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुनेछ ।
क्रमिक रुपमा मौसम सुधार भएपनि जाडो भने अझै बढ्दै जाने मौसमविद्ले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्