तमु ल्होसारले बृहत् राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुग्नेछ : राष्ट्रपति

File Photo

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने समेत विश्वास गर्नुभएको छ ।

आज तमु ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गर्नुभएको छ ।

गुरुङ समुदायले आज पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै यस पर्व मनाउने गर्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्