आयुषा कटुवाल बनिन् अर्किड आइडल

काठमाडौँ – अर्किड आइडल डान्स कम्पिटिसन २०७८ को उपाधी आयुषा कटुवालले हात पारेकी छिन् । मंगलबार भएको ग्राण्ड फिनालेमा १७ प्रतियोगि मध्ये आयुषा अर्किड आइडल बन्न सफल भएकी छिन् ।
यसैगरी उत्कृष्ट पहिरन वापत आर्युक्त कार्कीले ट्रफि प्राप्त गरेका छन् भने उत्कृष्ट प्रदर्शन गरेको भन्दै सेविका घिमिरेलाई ट्रफि प्रदान गरिएको छ । यसैगरी फष्ट रनर अफ अनिता तामाङ भएकी छिन् भने सेकेण्ड रनर अफ रोजिता खड्का भएकी छिन् यसैगरी थर्ड रनर अफ अदिती पोखरेल भएकी छिन ।
महेश गोदाल निर्णयकको रुपमा रहनुभएको थियो भने कार्यक्रम शिक्षक नरेन्द्र पाण्डेयले सञ्चालन तथा उदघोष गरेका थिए ।

सिवानी खड्का, अनुष खत्री, चसुम राई, सेविका घिमिरे, करुणा कटुवाल, शिषिर जीरेल, रोजिता खड्का, प्रशन्न कार्की, अनिता तामाङ, आर्युक्त कार्की, आयुषा कटुवाल, अदिती पोखरेल, प्रकृति गौतम, सुनिता बजगाई, रेविषा बस्नेत, प्रमिषा रसाईली र रोहित शाही गरि १७ जनाले फाइनल राउण्डमा प्रस्तुति दिएका थिए ।
अर्किड आइडल डान्स कम्पिटिसनको आठौँ सिजनको फाइनल राण्डमा १७ जना प्रतिस्पर्धीमा प्रतिस्पर्धा भएको थियो । काठमाडौँको गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलले प्रत्येक बर्ष आयोजना गर्दै आइरहेको अर्किड आइडल डान्स कम्पिटिसन २०७८ गत हप्ताको मंगलबारबाट सुरु भएको हो ।
विद्यालयका फाउण्डर प्रेम कुमार भुजेलका अनुसार फस्ट राउण्डमा ९३ जनाको सहभागीता रहेको थियो । जसबाट ५७ जना दोस्रो राउण्डका लागि छनौट भएका थिए । जसमा १७ जना फाइनल राउण्डका लागि छनौट भएका थिए ।
उक्त डान्स आइडलमा फाइनल राउण्डमा पुग्न सफल १७ जनालाई सर्टिफिकेट प्रदान गरिएको थियो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको बहुप्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले प्रत्येक बर्ष आयोजना हुने अर्किड आइडल डान्स कम्पिटिसनको यस बर्ष आठौँ संस्करण हो । संस्कार सहितको शिक्षा प्रदान गर्दै आइरहेको यस अर्किड स्कुलमा पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत जोड दिदै आइरहेको छ ।
विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले विभिन्न समयमा क्रिकेट, भलिवल लगायत अन्य खेलकुदका साथै नृत्य प्रतियोगिता, हाजिरिजवाफ प्रतियोगिता, बक्तृत्वकला, निवन्ध लेखन, बादविवाद प्रतियोगिता लगायतका अतिरिक्त क्रियाकलाप गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्