सिरहामा स्थानीय प्रशासनद्वारा दुई दिनका लागि निषेधाज्ञा जारी

सिरहा – सिरहामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जनमत पार्टीले केही दिनदेखि आमहडताल र चक्काजामलाई निरन्तरता दिएपछि अवस्था तनावपूर्ण हुन गएको भन्दै निषेधाज्ञा जारी गरेको हो ।
पूर्वपश्चिम राजमार्ग लक्षित चक्काजामलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले बुधबारसम्मका लागि बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको छ ।

पूर्वमा बलान खोला, पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५०० मिटर आसपासका क्षेत्रसम्म, चोहर्वादेखि सिरहा सडकखण्डको पि.के.राज इन्टरप्राइजेज –पेट्रोल पम्पसम्म) तथा सो मार्गको ५०० मिटर पूर्वपश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कबारीले सूचना जारी गर्दै बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्