काँग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो : नतिजा चाँडै

काठमाडौं – सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ ।

खुला केन्द्रीय सदस्यतर्फ ३५ पदका लागि ९९ जनाबीच भएको प्रतिस्पर्धामा भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मतगणना भर्खरै सम्पन्न भएको हो । अहिले मतगणनाको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भइराखेको छ । निर्वाचन समितिले पार्टी सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित १३ पदाधिकारीको मतपरिणाम सार्वजनकि गरिसकेको छ । त्यसपछि खुला केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक हुन लागेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्