प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, बैठकमा एमाले भने सहभागी नहुने

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक डाँकेका छन् । आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको छ । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।

सरकारले संसदको चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्ने तयारी गरेको छ । तर सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ । एमालेसँग प्रमुख प्रतिपक्षीको रुपमा गम्भीर ढङ्गले छलफल गर्नुपर्नेमा सर्वदलीय बैठकका नाममा औपचारिकता पूरा गरेर मात्रै नहुने भन्दै बैठकमा नजाने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्