पश्चिम सेती परियोजना : आश्वासनका तीन दशक विते, प्रगति शुन्य

पश्चिम सेती परियोजनाको नाम सुनेको निकै वर्ष वित्यो, तर सरकारले औपचारिक रुपमा अझै पनि पश्चिम सेति परियोजनाको निर्माण अगाडी बढाउन सकेन । हरेक जसो निर्वाचनका बेला मुख्य नाराका रुपमा बोलिने यो पश्चिम सेती परियोजना आहिले सम्म आश्वासनमै सिमित छ । चुनावी नाराको एक भरपर्दो माध्यम बनेको पश्चिम सेतीको नामले धेरै नेताहरु काठमाडौँ छिरे तर पश्चिम सेती नाममा मात्रै सिमित बेनेको छ ।

पश्चिम सेतिको नाम बेचेर नेताहरु काठमामाडौ मात्र छिरेनन् संसद हुदै सिंहदरबारको मुख्य जिम्मेवारी समेत सम्हाले तर पश्चिम सेति परियोजनाको नाम अर्को चुनाव सम्म उच्चारण समेत गरेनन् । तीन दशक पहिलादेखि चर्चामा रहेको पश्चिम सेती परियोजनाको आशा अझै मारेका छैनन् यस क्षेत्रका बासिन्दाहरुले ।

पश्चिम सेती परियोजनाको प्रभवित क्षेत्रका बासिन्दाहरुले निकै समस्या झेलिरहेकाछन् । प्रभावित क्षेत्रमा सरकारले समते लगानी नगर्ने भएपछि, सडक, शिक्षा, खानेपानी जस्ता महत्वपूर्ण कुराहरुबाट बञ्चित हुनुपरेको छ यस क्षेत्रका बासिन्दाहरुले तर यहाँका जनप्रतिनिधिहरुले भने आश्वासन दिन छाडेका छैनन् ।

आश्वासन मात्रै हैन कतिपय सरकारमा बस्ने नेतृत्वले यस परियोजनाको नाममा दाबी गरेर भोटसमेत मागे, पटक पटक आश्वासन दिए तर परियोजना लागू हुने अवस्था भने ३० वर्ष पहिलाको जस्तै छ । न परियोजना लागू भयो न त पश्चिम सेती किनार छेउमा ग्रामीण बस्तीमा विकास नै हुन सक्यो ।

करिब एक खर्ब ६० अर्ब रुपियाँ लागतको बहुउद्देश्यीय आयोजनाबाट सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खोलिने भएकाले पनि यसलाई विभिन्न राजनीतिक दलले वर्षौंदेखि प्रतिष्ठाको विषय बनाएका छन् । प्रतिष्ठाको विषय मात्र हैन यहि पश्चिमसेतीको नाममा भोट मागेर पटक पटक सरकारको नेतृत्व समेत यस क्षेत्रका नेताहरुले गरेका छन् अथवा सरकारमा सहभागि छन्, तर प्रगति भने ३० वर्ष पहिलाको जस्तै छ । आशा गरौँ सुदूरपश्चिमबाट केन्द्रीय राजनीति अर्थात सरकारमा प्रतिनिधित्व गर्ने नेताहरुले निकट भविश्यमा नै पश्चिम सेति संचालन गरेको खबर लेख्न र पढ्न पाईयोस् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्