दार्चुलाको नौगाडमा १० दिन फोटो सहितको मतदाता नामावली संकलन हुने

दार्चुला – दार्चुलाको नौगाड गाउँपालिका १० दिन फोटो सहितको मतदाता नामावली संकलन हुने भएको छ । मंसिर २९ गते देखि पौष ९ गते सम्म गाउँपालिकाको केन्द्र होपरीगाडमा मतदाता नामावली संकलन हुने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका ६ वटै वडामा बसोबास गर्ने मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएका सबैलाई नाम दर्ता गर्न समेत गाउँपालिकाले आह्वान गरेको छ । नाम दर्ता गर्न आउँदा नेपाली नागरिकताको सक्कलै प्रमाणपत्र सहितको छाया कपि एक थान, विवाहित महिलाको हकमा विवाह दर्ता सक्कलै प्रमाणपत्र सहितको छाया कपि एक थान र बसाई सराई गरेकाहरुको हकमा बसाईसराई दर्ता प्रमाणपत्रको सक्कलै सहित छाया कपि एक थान सहित उपस्थित हुन समेत गाउँपालिकाले आह्वान गरेको छ । साथै मतदाता नामावली संकलन सार्वजनिक विदाको दिन समेत हुने गाउँपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्