मतपत्र छाप्न ढिला हुँदा समयमै मतदान सुरू हुन सकेन

PHOTO : RSS

काठमडौँ – नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान गर्न महाधिवेशन प्रतिनिधि लाइनमा बसेका छन् । मतदानका लागि समयमा नै महाधिवेशन प्रतिनिधि मतदानस्थलमा पुगे पनि मतदानमा भने ढिलाइ भइरहेको छ ।

प्रतिनिधिहरू बिहान ८ बजेदेखि नै लामबद्ध भएका छन् । उनीहरु उत्साहित भएर बिहानैदेखि लाइनमा बसे पनि समयमा नै मतदान सुरु नहुँदा निराश भएका छन् । मतपत्र छाप्न ढिला हुँदा समयमै मतदान सुरू हुन नसकेको निर्वाचन समितिले जनाएको छ ।

मतदानस्थलमा मत पत्र नपुगेकाले ढिलाइ भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । लाइनमा उभिएका मतदातासँग उम्मेदवारहरु भोट माग्न व्यस्त छन् । मतदानस्थल भृकुटीमण्डपको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिनिधि मतदान गर्न लाइनमा बसेपछि उम्मेदवारहरु लाइनमै पुगेर आफूलाई मत मागिरहेका छन् । मतदानस्थलमा प्रतिनिधिहरु आउनेक्रम जारी रहेको छ । १४ औं महाधिवेशनअन्तर्गत सोमबार हुने निर्वाचनमा भने कागजी मतपत्र नै प्रयोग गरिएको छ । महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन् । पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मतदानका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । सात घण्टाभित्र मतदान सकिने घिमिरेको अनुमान छ ।

राष्ट्रियसभा गृह र भृकुटीमण्डपका दुई स्थानमा मतदान हुँदै छ । प्रत्येक ठाउँमा विभिन्न तहका २९ वटा मतपत्र र २९ वटा बाक्सा हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्