बैतडीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या नवविवाहित जोडी सहित ५ पुग्यो

काठमाण्डौ – बैतडीको पाटनस्थित सकार खोलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगको छ । नवविवाहित जोडि सहित पाँच जनाको मृत्यु भएको हो । अरु पाँच जना घाइते भएका छन् । दुर्घटनामा पाटन नगरपालिका–१ का १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, ४० वर्षीया जानकी भट्टराई र सुर्नया गाउँपालिका–४ का २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विकको ज्यान गएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

चुनारा र विक केहि दिन अघि मात्रै विवाह बन्धनमा बाधिएका थिए । उनीहरु माइती घर कैलपाल जानेक्रममा दुर्घटना भएको हो ।

पाटन बजारबाट कैलपालका लागि छुटेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका–१ सकार थलीमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको डडेलधुरा र तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्