बैतडीमा भएको जीप दुर्घटना परेर गम्भीर घाइते भएका चार जनाको मृत्यु

बैतडीमा भएको जीप दुर्घटना परेर गम्भीर घाइते भएका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–१ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीया मनिषा बिक, पाटन नगरपालिका–१ का १३ वर्षीय बिनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराई रहेका छन् ।

गम्भीर घाइते उनीहरूको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ केन्द्रमा मृत्यु भएको हो । घाइतेमध्ये अन्य ५ जनाको पाटन र गम्भीर घाइते एक जनालाई डडेल्धुरा रेफर गरिएको छ ।

सोमबार साँझ पाटन बजारबाट सोही नगरपालिका–१ को सकारतर्फ गइरहेको से १ ज ८८८ नम्बरको जीप दुर्घटनामा परेको थियो । जीप चालक भने फरार छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्