कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ- कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बुढिगंगा गाउँपालिका-६ डल्लेपुल बस्ने २६ वर्षीय धन बहादुर तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

बुढिगंगा गाउँपालिका-७ स्थितमा गत कार्तिक २८ गते बेलुकी धनकुटा पाख्रीबास नगरपालिका-४ बस्ने २६ वर्षीय रिजन दाहाललाई पुरानो रिसिवीका कारण धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । तत्काल फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले मोरङ सुनवर्षी नगरपालिका-८ सिक्टी एरियाबाट फेला पारी पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत मोरङबाट कर्तब्य ज्यान मुद्दामा २ दिन म्याद थप अनुमती प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्