नेपाली कांग्रेसको ६ वटा प्रदेशमा नेतृत्व चयन, प्रदेश नं. २ मा भने अन्योल

काठमाण्डौ – नेपाली कांग्रेसको प्रदेश समितिको नेतृत्वका लागि भएको चुनावको नतिजा सार्वजनिक भएको छ । प्रदेश–२ मा बाहेकका अन्य प्रदेशको नतिजा सार्वजनिक भएको हो । जसमा संस्थापन र संस्थापन इतर समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । प्रदेश–२ मा रहेका आठ जिल्लाका ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अधिवेशन स्थगित भएको हो र कहिले हुने भन्ने बारे अन्योल कायमै छ ।

चुनाव भएका ६ वटा प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेश सभापतिमा शेरबहादुर देउवा तथा गण्डकी र लुम्बिनीमा संस्थापन इतर समूह विजयी भएको छ । प्रदेश–१ मा देउवाको समर्थन रहेका कृष्ण सिटौला समूहका उद्धव थापा दुई मतले विजयी हुनुभएको छ । यस्तै लुम्बिनी प्रदेशमा संस्थापन इतर समूहका अमर पुन विजयी हुनुभएको छ । वाग्मती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी हुनुभएको छ । सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णालीमा ललितजङ्ग शाही र गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी हुनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्