पर्यटकको पर्खाइमा अछामका धार्मिक एवम् पर्यटकीय क्षेत्रहरु

चन्द्र प्रसाद भाट,अछाम ।

नेेेेेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न भन्दै अछामका स्थानीय तहहरुले सुरुमा प्रचारप्रसार गरेको भएपनि भ्रमण बर्ष सुरु भएको २ महिना बित्नै लाग्दा पनि अछामका पर्यटकिय क्षेत्रहरुमा अपेक्षा गरीए जति पर्यटकहरु नआएको पाईएको छ । अछामको धरोहरको रुपमा चिनिएको रामारोशन, पुर्वी अछामको पञ्चदेवल, तुर्माखाँद गाउँपालीकाको त्रिपुरेश्वरी, कमलबजार नगरपालिकाको पाँचुली पर्यटकीय क्षेत्र, मंगलसेन नगरपालिकाको सुरैकोट, धुम्रलोचनी, अयाँरको बण्ड, बान्नीगढी जयगढ गाउँपालिकाको बान्नीगडी क्षेत्र, साँफेबगर नगरपालिकामा अवस्थित नेपालकै चार धाम मध्येका एक बैद्यनाथ धाम पर्यटकहरुको रोजाईमा पर्ने भएपनि प्रचारप्रसारको कमि र बिकटताका कारण पर्यटकहरु भित्रिन नसकेको जानकारहरु बताउछँन ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि यस क्षेत्रको प्रमुख आकर्षण बनेका पर्यटकीय स्थलहरुले नेपाल भ्रमण वर्ष २०२० मा थप बाह्य पर्यटकलाई स्वागत गर्ने तयारी पनि गरिरहेका छन ।
“अछाम जिल्लाकै सबैभन्दा बढि पर्यटकहरु भित्रिने अपेक्षा गरीएको रामारोशन गाउपालिकामा पनि अपेक्षा अनुरुप पर्यटकहरु लाई स्वागत गर्न सकिएको छैन, रामारोशन गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रभुनाथ देबकोटाले भन्नुभयो,चिसोको समय,ब्यवस्थापकीय पाटो कमजोर आदि कारणले रामारोशन गाउँपालीकाले पर्यटकहरुलाई भित्र्याउन नसकिएको हो ।”

गाउँपालिकाले पर्यटकहरु का लागी डुँगाको समेत ब्यवस्था गरेको बताउँदै उहाँले डुँगाको गुणस्तर मापन गर्नुपर्ने हुँदा सञ्चालन गर्न नसकिएको बताए । गाउँपालिकामा पर्यटकहरुको सँख्यामा बृद्धि गराउनका लागी अझैँ केहि समय लाग्ने उहाँको भनाई छ ।

एक सय पर्यटकिय क्षेत्रहरु मध्येमा पर्न सफल मँगलसेन नगरपालिकाको सुरैकोटमा पनि भ्रमण बर्ष सुरु भएसँगै आन्तरीक पर्यटकहरुले भ्रमण गर्न थालेका छन । “अहिले जिलका बिभिन्न बिद्यालयहरु बाट बिद्यार्थिहरु ले पनि भ्रमण सुरैकोटको भ्रमण गरेर फर्किने गरेका छन,मँगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले भने,सुरैकोट पर्यटकिय क्षेत्रको प्रचारप्रसार र प्रबद्धनका लागी नेपाल सरकार पर्यटन मन्त्रालय बाट यो आर्थिक बर्षमा ५० लाख बजेट बिनियोजित गरीएको छ । ”
उहाँका अनुसार सुरैकोट सँगै जोडीएको मालीका मन्दीर सँरक्षणका लागी यस बर्ष मँगलसेन नगरपालिकाले १० लाख बजेट बिनियोजन गरेको छ । यस्ता पर्यटकिय महत्व बोकेका क्षेत्रहरुको पहिचान गरी यसको प्रचारप्रसार गर्न सके जिल्लाको आर्थिक अवस्थामा पनि सुधार हुने बोहराको बिश्वास छ ।
उता पुर्बि अछामको पञ्चदेवल बिनायक नगरपालिकामा पनि अपेक्षा गरेअनुसार आन्तरीक तथा बाह्य पर्यटकहरु भित्रिन सकेका छैनन् । नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझिका अनुसार पर्यटकिय क्षेत्र पञ्चदेवलमा घुम्न आउने पर्यटकहरुको सँख्या न्यून छ । पहिले देखि नै पञ्चदेवलको प्रचारप्रसार को कमिका कारण पनि पर्यटकहरु भित्रिन नसकेका उहाँको भनाई छ ।

पञ्चदेवलको प्रचारका लागी नगर कार्यपालीकाको निर्णयबाट भिडियो डकुमेन्ट्री बनाउनका लागी २ लाख ५० हजार बजेट बिनियोजन गरीएको भएपनि वडा अध्यक्षको हत्या भएपछि नगरपालिका कार्यालय बन्द रहँदा पनि थप समस्या सिर्जना भएको माझिको भनाई छ । नेपालकै चारधाम मध्येको एक अछामको बैद्यनाथ धामले पनि भ्रमण बर्षमा सोचे अनुसार आन्तरीक तथा बाह्य पर्यटक लाई स्वागत गर्न पाएको छैन । छिटफुट रुपमा आन्तरी पर्यटकहरुले भ्रमण गर्ने गरेको भएपनि अपेक्षित रुपमा पर्यटकको सँख्या बृद्धि हुन सकेको छैन । पर्यटकीय क्षेत्रहरुको सँरक्षण र प्रचारप्रसार गरी आन्तरीक तथा बाह्य पर्यटकहरुको आवागमनका बृद्धि गर्नुका साथै पर्यटन सम्बन्धीका कार्यक्रमहरु अछामका स्थानिय तहहरुले गर्न सके जिल्लाको अर्थतन्त्रमा केहि सुधार हुने थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्