१० सचिवको जिम्मेवारी हेरफेर र सरुवा

काठमाडौं – सरकारले १० सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको जिम्मेवारी हेरफेर र सरुवा गरेको हो । निर्वाचन आयोगका सचिव सुरेश अधिकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरेको छ । निर्वाचन आयोगमा भने प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव गोकर्णमणि दवाडीलाई सरुवा गरिएको छ । त्यस्तै वित्त आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव भरतमणि सुवेदी पठाइएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् भने श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका छन् भने उनको ठाउँमा प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपाने पठाइएका छन् । त्यस्तै शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

शहरी विकास मन्त्रालयका सचिव डा. रमेश सिंह सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका छन् भने जल तथा ऊर्जा आयोगका सचिव मणिराम गेलाल शहरी विकासमा सरुवा भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्