पोखराबाट १ लाख ९४ हजार २ सय अमेरिकी डलर सहित पक्राउ

कास्की – पोखरा महानगरपालिका–३३ गगनगौंडाबाट १ लाख ९४ हजार २ सय अमेरिकी डलर सहित पोखरा महानगरपालिका–९ शिवालय चोक बस्ने मुस्ताङ लो–घेकर दामोदर कुण्ड गाउँपालिका–१ घर भएका ४२ वर्षीय छिरिङ डुन्डु गुरुङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कास्की जिल्लामा विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय हंशपुर र वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिका–३३ स्थित काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको सवारी साधन जाँच गर्ने क्रममा गुरुङलाई उक्त अमेरिकी डलर सहित फेला पारी पक्राउ गरेको हो ।

उनी उपर अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्