अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं – भक्तपुर, चाँगुनारायण नगरपालिका–६ घुमाउनेबाट काठमाडौं बल्खु बस्ने २९ वर्षीय गौरव पाठक लगायत २ जनालाई ९० ग्राम अवैध लागऔषध गाँजा सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बागमती प्रदेश २–०२–०२३ प ५६८ नम्बरको स्कुटरलाई प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले थप अनुसन्धान गर्ने क्रममा चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ४७ वर्षीया मन कुमारी बस्नेतलाई ११ किलो अवैध लागूऔषध गाँजा सहित पक्राउ गरेको छ ।

कैलाली, घोडाघोडी नगरपालिका–१ सिमतडी घर भई टिकापुर नगरपालिका–१ जमरापारीस्थित वर्कसप गरी बस्ने २६ वर्षीय उमेश चौधरीलाई ५ ग्राम ७ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीको वर्कसपमा अवैध लागूऔषध रहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

सुनसरी, ईटहरी उपमहानगरपालिका–४ श्रमिक टोल डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका–१० घर भएका ३० वर्षीय संजय लामालाई ९ ग्राम २० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लामाले आफ्नै कोठामा अवैध लागूऔषध बिक्री गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनको कोठामा खानतलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ७५ ट्याब्लेट, विनसिरेक्स १९ बोतल, कोडिवेल २५ बोतल र स्पास्कोर भोनप्लस ८ पिस सहित हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरा बस्ने २५ वर्षीय संजय बललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ना.१४ प ९३१२ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक बललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्