एमाले केन्द्रीय सदस्यमा कञ्चनपुर क्षेत्र नं. २ का सांसद धामीको उम्मेदवारी

File Photo

काठमाडौँ – नेकपा एमालेका युवा नेता तथा कञ्चनपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य (सांसद) नरबहादुर धामीले एमालेको दशौं राष्ट्रिय महाअधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । सांसद धामीले सुदरपश्चिम भूगलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

लामो समयदेखि एमाले पार्टीमा अनवरत रुपमा काम गरेको उल्लेख गर्दै सांसद धामीले कम्युनिष्ट सिद्धान्तलाइृ जिवित राख्ने बताएका छन् । उहाँ २०७४ सालको प्रतिनिधि सभा चुनावमा कञ्चनपुरको क्षेत्र नं. २ बाट सांसद पदमा विजयी हुनुभएको हो । उहाँले कञ्चनपुर क्षेत्रको लागि गर्नु भएको योगदान, विकास र त्यस क्षेत्रका भूमिहिन, सुकुम्बासी जनताको हकहितका लागि गर्नुभएको पहल प्रशंसनीय रहेको छ ।
उहाँ कञ्चनपुरबाट निर्वाचित भएपश्चात उहाँले कञ्चनपुर क्षेत्र नम्बर २ मा गरेको विकास, पर्यटन क्षेत्र पर्वद्धनमा गरेको पहल, पूर्वाधार विकास लगायत अन्य शैक्षिक, भौतिक, स्वास्थ्य क्षेत्र लगायतमा गरेको विकासप्रति त्यस क्षेत्रका जनताले दिएको हाैँसलाले उहाँ केन्द्रीय सदस्यमा भिड्न लाग्न्भएको हो ।

यहि मंसिर १० गते देखि चितवनमा भइरहेको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा उहाँ केन्द्रीय सदस्यमा भिड्ने भएका छन् । उहाँले आफुलाई अमूल्य मत दिएर विजयी गराउन समेत अपिल गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्