कांग्रेस महाधिवेशन प्रतिनिधिमा संघीय सांसद रामबहादुर बिष्ट गोलाप्रथाबाट पराजित

काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा संघीय सांसद रामबहादुर बिष्ट गोलाप्रथाबाट पराजित भएका छन् । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अछाम–२ मा भएको निर्वाचनमा बराबर मत आएपछि गोलाप्रथाबाट महाधिवेशन प्रतिनिधि चयन गर्दा सांसद विष्ट पराजित भएका हुन् ।

सांसद विष्ट र क्षेत्रीय सभापति लक्ष्मण शाहको बराबर मत आएको थियो । दुबैले ३८७ मत पाएपछि गोलाप्रथाबाट महाधिवेशन प्रतिनिधि चयन गरिएको निर्वाचन समितिले जनाएको छ । महाधिवेशन प्रतिनिधि जितेका शाह भने उपचारका लागि काठमाडौमै छन् । उनले वारेसनामार्फत् महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन् । १३ औं महाधिवेशनमा पनि शाह गोलाप्रथाबाटै क्षेत्रीय सभापति निर्वाचित भएका थिए ।

अछाम क्षेत्र नम्बर २ बाट अधिकांश महाधिवेशन प्रतिनिधि संस्थापन समूहका निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिमा पुष्प शाह, नमबहादुर शाही, लक्ष्मण शाह, मानबहादुर शाही, वेदप्रकाश तिमिल्सिना, पदमराज अधिकारी, गणेशबहादुर विष्ट, सुरत बहादुर विष्ट, यज्ञप्रसाद ढकाल, अम्बिका चलाउने, अन्जु मल्ल शाह, भूमिशरण बजगाईं र अम्बिका कुमारी थापा महाधिवेशन प्रतिनिधि छानिएका छन् ।

त्यस्तै पूर्णा शाह, वसन्ती विष्ट, वेलुदेवी साउद, दुर्गा कुमारी विक, टेकबहादुर विक, कमल विक, नवराज चलाउने, ओमजंग रावल र कृष्णप्रसाद ढकाल पनि महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् । उनीहरु सबै संस्थापन समूहका हुन् । संस्थापनइतर समूहबाट तीन जना मात्रै महाधिवेशन प्रतिनिधि चयन भएका छन् । बलबहादुर कुँवर, ओमप्रकाश विष्ट र रामबहादुर शाही संस्थापन इतर समूहका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्