हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाको महाधिवशेन प्रतिनिधिमा उम्मेदवारी, पार्टीको शीर निहुराउने काम नगर्ने प्रतिबद्धता

काठमाडौँ– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तरगत महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छ । समाजिका सञ्जाल फेसबुक मार्फत अध्यक्ष शेर्पाले उम्मेदवारी दिएको जानकारी दिनुभएको हो । उहाँले पार्टीको विभिन्न तह र तप्कामा निर्वाचित हुनु भएका क्षेत्रिय प्रतिनिधिहरुलाई बिहिबार हुने क्षेत्रिय अधिवेशनमा सक्रिय सहभागीको लागि अनुरोध समेत गर्नु भएको छ । व्यक्ति परिवर्तनले मात्रै नेपालि समाजमा काँग्रेसलाई सहि दिशामा लैजान नसकिने उहाँको तर्क छ । १४औँ महाधिवेशनबाट पार्टीलाइ सुढृकरण गर्नुपर्ने अध्यक्ष शेर्पाको भनाई छ । नेपाली जनताको शिक्षा, स्वास्थ्य, रोजगारी सँगै देशको प्रतिव्यक्ति आयको उन्नती प्रगति कसरी गर्न सकिन्छ भन्ने मुध्दाहरुको उठान गर्दै नेपालको संविधानले उपलब्ध गराएको मौलिक हक अधिकाहरुलाई सुनिश्चित गराउने अधारभुत विषयहरुलाइ सहजताका साथ उपलब्ध गराउनका लागि नयाँ नेतृत्व चयन गर्न पनि सबैलाई अध्यक्ष शेर्पाले आग्रह गर्नुभयो ।

सबैले आफुलाई मतदान गरेर विजय गराउन सहयोग गर्ने पनि अध्यक्ष शेर्पाको विश्वास छ । अध्यक्ष शेर्पाले पार्टी र कार्यकर्ता र जनताको मतको कदर गर्दै पार्टीको शिर निहुराउने काम नगर्ने प्रतिबद्धता समेत गर्नुभयो । अध्यक्ष शेर्पा गाउँ स्तरमा निकै लोकप्रिय नेता हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्