बलात्कार आरोपमा सैनिक हवल्दार पक्राउ

काडमाडौँ – नेपाली सेनाका एकजना हवल्दारलाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । कञ्चनपुर घर भएका गोविन्द सिंह विष्टलाई महानगरीय अपराध महाशाखाले कोटेश्वरबाट पक्राउ गरेको हो ।

कार्तिक ३० मा विष्टले कोटेश्वरस्थित एक लजमा राखेर १३ वर्षीया किशोरीलाई बलात्कार गरेका थिए । रामेछाप घर भएकी ती बालिकालाई उनले लगनखेलबाट फकाएर कोटेश्वर ल्याएका थिए । ३६ वर्षीय विष्ट ललितपुरको लेलेस्थित सैनिक गणमा कार्यरत छन् । उनी अहिले भक्तपुरको नगरकोटमा तालिम गरिरहेका थिए । बुधवार पक्राउ गरेर सैनिक हवल्दारलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । किशोरीले उनीविरुद्ध बलात्कारको उजुर गरेकी छिन् ।

किशोरीलाई कोटेश्वरको आयुषा होटलमा राखेर रातभर बलात्कार गरेर विक्षिप्त अवस्थामा छाडेर उनी भागेको अपराध महाशाखाका एकजना अधिकृतले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्