लेकम–२ रातामाटामा कार्यरत शिक्षक अभैराज जोशीको उपचारका क्रममा धनगढीमा निधन

दार्चुलाको लेकम गाउँपालिका वडा नं. २ घर भई हाल शिक्षण पेशामा आवद्ध शिक्षक अभयराज जोशीको अल्पायुमा निधन भएको छ ।
भीरबाट लडेर घाइते भएका शिक्षक जोशीको उपचारका क्रममा धनगढी स्थित निसर्ग अस्पतालमा निधन भएको हो । शिक्षक जोशी लेकम–२ स्थित कालासैनी प्राथमिक विद्यालय, रातामाटामा कार्यरत हुनुहुन्थ्यो ।
उहाँ यहि महिनाको १८ गते लक्ष्मिपुजाको दिन घुम्न गएको बेला सामान्य भीरबाट लड्नुभएको थियो । त्यसपश्चात उहाँलाई उपचारको लागि दार्चुलाको गोकुलेश्वर अस्पतालमा लगिएको थियो । गोकुलेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि उहाँलाई धनगढी रेफर गरिएको हो । उहाँको अवस्था गम्भीर देखेपछि आफन्तहरुले डडेल्धुरा प्रादेशिक अस्पतालमा समेत लगेका थिए । त्यहाँ समेत उपचार सम्भव नदेखेपछि उहाँलाई धनगढी स्थित निसर्ग अस्पतालमा भर्ना गरिएको थियो ।
१८ गतेदेखि आजका दिनसम्म उहाँको होस आएको थिएन् । उहाँलाई आइसियूमा राखेर उपचार हुदैँ थियो । टाउकोमा समेत चोट लागेका शिक्षक जोशीको आज बुधबार साँझ करिब ५ बजे सोहि अस्पतालमा निधन भएको परिवार स्रोतले जनाएको छ । घाइते भएको करिब १४ दिनपछि उहाँको आज निधन भएको हो ।
उहाँको भोली कञ्चनपुरको जिमुवाबाट शवयात्रा निकाली भोली नै महाकाली नदि (भुजेला) मा अन्तेष्टी गरिने भएको छ । उहाँको बसाई कञ्चनपुरको भीमदत्त नगरपालिकाको जिमुवामा समेत रहेको थियो ।

उहाँको वास्तविक नाम अभैराज भएपनि उहाँ अम्बा नामले परिचित हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्