फजियो थेरापी संघ गण्डकी प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, शिवप्रसाद तिवारीको अध्यक्षतामा समिति चयन

कास्की — फिजियो थेरापी संघ गण्डकी प्रदेशको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले शिवप्रसाद तिवारीलाई अध्यक्षमा चयन गरेको छ ।

शनिबार पोखरामा भएको अधिवेशनले उपाध्यक्षमा विवेक लम्साल, सचिवमा सुरेश पहारी, कोषाध्यक्षमा प्रवीण त्रिपाठीलाई चयन गरेको छ । त्यसतै सदस्यहरुमा किशोर पराजुली, हरिशचन्द्र जोशी, सरोज थापा, चन्द्रबहादुर खत्री, सुरक्षा पराजुली, सुनील न्यौपाने र मनीषकुमार शाह छन् । अधिवेशन उद्घाटन सत्रका वक्ताहरुले फिजियोथेरापी सेवा विस्तार गर्न र यसको महत्व आम नागरिकलाई बुझाउन संघले भूमिका खेल्नुपर्ने बताए ।

अध्यक्ष शिवप्रसाद तिवारीले महिनाको एकपटक फिजियोथेरापीसम्बन्धी कार्यक्रम गर्ने, जनचेतामूलक कार्यक्रम सञ्चालन गर्ने, फिजियोथेरापी सेवामा संलग्न चिकित्सकहरुको सीप विकास गराउँदै संस्था र व्यक्तिलाई सबल बनाउने योजना प्रस्तुत गरे । देशभर ३ हजार हाराहारीमा फिजियोथेरापिस्ट रहेको अध्यक्ष तिवारीले बताए ।

उनका अनुसार गण्डकीमा ५६ जना थेरापिस्ट रहेका छन् । त्यसबाहेक पोखरा विश्वविद्यालयमा ४० जना फिजियो थेरापिस्ट विद्यार्थी रहेको उनले स्पष्ट पारे । पोखरामा मात्रै ४४ जना फिजियोथेरापिस्ट रहेका छन् । फिजियोथेरापीको माध्यमबाट उपचार गर्दा माइक्रो वेभ, करेन्ट, कसरत लगायत फिजिकल एजेन्टको उपयोग गरिने तिवारीले जानकारी दिए । आयुर्वेदिक औषधीहरुको भने उपयोग हुँदैन् । फिजियोथेरापीको माध्यमबाट पक्षघातको समस्या भएमा, हातखुट्टा टेक्न समस्या भएमा, नचल्ने बांगिने भएमा, ढाड दुखेको, नसा च्यापिएका समस्यामा लाभ लिन सकिने तिवारी बताउँछन् । पछिल्लो समय राज्यस्तरबाट फिजियोथेरापीलाई प्रोत्साहन भएको उनको भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्