शिक्षा मन्त्रालयका उपसचिव अर्यालको निधन

सांकेतिक तस्बिर

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्काघातका कारण आज निधन भएको छ ।

उनलाई मस्तिष्काघात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए । मन्त्रालयका निमित्त सचिव डा.हरि लम्सालले अचानक एक कर्मठ सहकर्मी गुमाउनुपर्दा दुःख लागेको जनाउँदै अर्यालप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन् । अर्यालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । अर्यालका श्रीमती रहेकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्