काठमाडौँका विभिन्न स्थानबाट तास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

सांकेतिक तस्बिर

काठमाडौं – काठमाडौं महानगरपालिका-१५ चौमती बस्ने संजिव देउलाको घरमा तास खेलिरहेको अवस्थामा देउला लगायत ८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४७ हजार १ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, दक्षिणकाली नगरपालिका-९ हुडुस्थित निरज महर्जनको खाजा पसलको टहरामा तास खेलिरहेको अवस्थामा सोही नगरापलिका-५ बस्ने ४५ वर्षीय राजेन्द्र श्रेष्ठ लगायत १४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८६ हजार ७ सय ४० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्