कैलालीमा नक्कली नोट सहित २ जना पक्राउ

सांकेतिक तस्बिर

कैलाली – बर्दगोरिया गाउँपालिका-२ बौनिया गाँउबाट १ हजार दरको ४० थान नक्कली नोट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन चौधरी रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्