वैकल्पिक बाटोबाट सर्वोच्च पुगे प्रधानन्यायाधीश

काठमाडौं – कानुन व्यवसायीहरुले शुक्रवार सर्वाेच्च अदालतको मुल गेटमा धर्ना दिएका छन् । प्रधानन्यायाशीसलाई सर्वाेच्च छिर्न नदिने भनेर धर्ना बसेका हुन । तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत पुगेका छन् ।

जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले शुक्रबार बिहानैदेखि सर्वोच्चको मूल गेटमा धर्ना दिएका छन् । जबरा बिहान ११ बज्नै लाग्दा मूल गेटको साटो एक नम्बर गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन् । सुरक्षाकर्मीहरुले उनलाई स्कर्टिङ गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्